योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

भरतपुर १ स्थित श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा बृहत् महायज्ञ संचालन हुने भएको छ ।

आउँदो बर्ष बैशाख १८ गतेदेखि असार ९ गतेसम्म सो बिशाल महायज्ञ हुन लागेको हो । समितिले बृहत् तरिकाले यज्ञ संचालन हुने हुँदा देशव्यापी रूपमा नै कार्यक्रमको मितितय गरि प्रचारप्रसारलाई तिब्रता दिने जनाएको छ ।

कोटीहोममा आउने भक्तजनहरुले सोइच्छाले सहयोग रकम दान गर्न सक्नेछन् । आफूहरुको उदेश्य आर्थिक संकलन गर्ने नभई देवघाटको प्रचारप्रसार र महत्त्वलाई बिश्वसामु पुर्याउनु रहेको महायज्ञ संयोजक प्रेमनिधि भारद्वाजले जानकारी दिनुभयो ।

वैदिक साम्यवादका रचयीता, समाज सुधारक, अष्टाङ्ग योगले पारङ्गत महायोगी राष्ट्रगुरु योगी नरहरिनाथज्युको सत्संकल्प एवं आदेशबाट राष्ट्र शान्ति, राष्ट्र कल्याण र विश्व शान्ति विश्व कल्याणको कामनाको हेतुले सो कार्यक्रम संचालन हुन लागेको हो ।


अदितिय कोटीहोममा विभिन्न वैदिक अनुष्ठानका साथसाथै आध्यात्मिक, सामाजिक सत्सङ पनि गरिनेछ । सो अवसरमा गोरक्ष-गोरखनाथ बिच मन्त्रबाट सवा करोड हवन सहस्त्र चन्डी पाठ, अतिरूद्री, ग्रहशान्ति, व्रतवन्ध, विवाह, सहस्त्र चन्द्रदर्शन लगायतका सामुहिक संस्कारहरु आयोजना गरिनेछ ।


यसै अवसरमा पाञ्चायन भगवान पुराण एवं गौं कथा, हिमवत्खण्ड-नेपाल महात्मेको पनि प्रवचन गरिनुका साथै भागवत महापुराणको प्रवचन लगायत देश विदेशका सन्त महन्तहरुको विशेष समुपस्थितिमा सन्त सम् गौमाता, बागीश्वरीधाम र राष्ट्रगुरु योगी नरहरिनाथ सम्बन्धि वक्तित्वकला, कविता र निबन्ध प्रतियोगीता आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

देवघाट सार्वजनिक पुस्तकालयको २२ औ साधारणसभा तथा देवघाट सामुदायिक सिकाइ केन्द्रको १३ औ साधारणसभा तथा अधिवेशन सप्पन्न

देवघाट  , भदौ १५ देवघाट सार्वजनिक पुस्तकालय का अध्यक्ष उप प्राध्यापक फणीन्द्र प्रसाद पौडेल तथा देवघाट सामुदायिक सिकाइ केन्द्र का अध्यक्ष जय कृष्ण

श्री रामजानकी बालिका आश्रमको १६ औ नियमित वार्षिक साधारणसभा एवं आय व्यय सार्वजनिक कार्यक्रम सम्पन्न

देवघाट ,भाद्र ४ लोक कल्याण सेवा प्रतिष्ठान द्वारा संचालित श्री रामजानकी बालिका आश्रम देवघाट चितवनको १६औ नियमित वार्षिक साधारणसभा तथा वर्ष २०८२/८३को

देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै !

देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै ! देवघाट भाद्र २ पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन स्थानीयवासी