देवघाट सार्वजनिक पुस्तकालयको २२ औ साधारणसभा तथा देवघाट सामुदायिक सिकाइ केन्द्रको १३ औ साधारणसभा तथा अधिवेशन सप्पन्न
देवघाट , भदौ १५
देवघाट सार्वजनिक पुस्तकालय का अध्यक्ष उप प्राध्यापक फणीन्द्र प्रसाद पौडेल तथा देवघाट सामुदायिक सिकाइ केन्द्र का अध्यक्ष जय कृष्ण सुवेदी को सभा अध्यक्षता , देवघाट गाउँपालिका का अध्यक्ष तिल बहादुर थापाको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रमको उदघाटन प्रमुख अतिथि ,इच्छा नन्द गिरी तथा संस्थाका अध्यक्षज्यु हरुले संयुक्त रुपमा गर्नु भएको थियो ।
कार्यक्रमको सफलता र संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नु हुनेमा पुस्तकालयका निवर्तमान अध्यक्ष तथा स्थानीय समाजसेवी शिवराज पौडेल ,पुस्तकालयका संस्थापक अध्यक्ष डा गुरु प्रसाद सुवेदी ,संस्थापक सचिव स्वामी मुक्तानन्द सरस्वती ,देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिह गुरुङ ,देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भवानी प्रसाद तिम्सिना ,पुस्तक जतन गरे वतन रहन्छ का लेखक सागर शर्मा आदिले विशेष गरि देवघाट सार्वजनिक पुस्तकालय र सिकाइ केन्द्रको स्थापना काल देखि हालसम्म संस्थाले बेहोरका चुनौतीलाई पार गर्दै हाल सम्म संस्थाले प्राप्त गरेको उपलब्धि को बारेमा व्याख्या गर्नु हुँदै हाल डिजिटल र मोबाइल युग शुरु हुँदा पुस्तकहरु तिर युवा र विद्यार्थी हरुको ध्यान नपुगेको चर्चा गर्नु हुँदै पुस्तक पढ्दा प्राप्त हुने ज्ञान् र सीप को विकास मोबाइल बाट प्राप्त न हुने हुदा सबैले पुस्तक पढ्ने वानी को विकास गर्नु पर्ने विषयमा वक्ता हरुले जोड दिनु भयो।
प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले शुभकामना मन्तव्यमा सार्वजनिक पुस्तकालय र सिकाइ केन्द्र एउटै भवन बाट संचालित भएको सबैलाई जानकारी नै छ। आयोजक पक्षले जानकारी गराये अनुसार सार्वजनिक पुस्तकालयले निर्माण गर्न खोजेको भवन पुर्ण नभएको र भवन निर्माण सम्पन्न गर्नको लागि सबैको जिम्मेवारी र कर्तव्य हो ।
देवघाट गाउँपालिकाले विगतमा भवन निर्माणको लागि आर्थिक सहयोग गरेको र तर संबंधित अन्य संघ संस्थाहरु सबै नागरिकले पुस्तकालय र सिकाइ केन्द्रको भवन निर्माणना विशेष ध्यान दिनु पर्ने विषयमा जोड दिनु भयो।
कार्यक्रमको दौरान १९ औ राष्ट्रिय पुस्तकालय दिवस २०८३ को अवसरमा सार्वजनिक पुस्तकालय र सिकाइ केन्द्रको उन्नयनमा योगदानको उच्च मुल्यांकन गर्दै श्री डिल्ली राज शर्मालाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।देवघाट सामुदायिक सिकाइ केन्द्रको तर्फबाट सार्वजनिक पुस्तकालय लाई सहयोग स्वरुप सिकाइ केन्द्र का अध्यक्ष जय कृष्ण सुवेदीले अध्यक्ष उप प्राध्यापक फणीन्द्र प्रसाद पौडेल लाई रु १ लाखको चेक हस्तान्तरण गर्नु भएको थियो ।अन्य कार्यक्रम अनुसार कार्यक्रम मा उपस्थित विभिन्न सामुदायिक विद्यालय ,संस्कृत गुरुकुल ,कन्या गुरुकुल , विभिन्न संघ संस्थाका पदाधिकारी हरुलाइ सागर शर्मा द्वारा लिखित जतन गरे वतन रहन्छ पुस्तक वितरण गरिएको थियो ।
अन्त्यमा उपस्थित सबैमा हार्दिक आभार ,धन्यवाद सहित पुस्तकालय का अध्यक्ष उप प्राध्यापक फणीन्द्र प्रसाद पौडेलले कार्यक्रम को समापन गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण सार्वजनिक पुस्तकालयका सचिव अर्जुन पाण्डेय ले गर्नु भएको थियो ।
कार्यक्रममा अन्य स्थानीय संघ संस्था , राजनीतिक दल ,दुवै संस्थाका आजीवन ,साधारण सदस्य, आमन्त्रित शुभ चिन्तक हरुको उपस्थिति रहेको थियो ।
देवघाट सामुदायिक सिकाइ केन्द्रको अध्यक्षमा सिर्जना पाण्डेय सहित नयाँ कार्यसमिति सर्व सम्मत चयन गरिएको छ।
प्राप्त जानकारी अनुसार
सचिव गिताकला ढकाल ,कोषाध्यक्ष नमुना घिमिरे ,सदस्यहरुमा प्रतिनिधि छनोट हुने गरि
कालिका मा वि १ जना ,बज्रयोगिनी मा वि १ जना ,शिक्षा शाखा देवघाट गाउँपालिका १ जना ,शिवराज पौडेल तथा २ जना भविष्यमा मनोनयन हुने गरि नयाँ कार्यसमिति गठन गरिएको छ।
श्री रामजानकी बालिका आश्रमको १६ औ नियमित वार्षिक साधारणसभा एवं आय व्यय सार्वजनिक कार्यक्रम सम्पन्न
देवघाट ,भाद्र ४ लोक कल्याण सेवा प्रतिष्ठान द्वारा संचालित श्री रामजानकी बालिका आश्रम देवघाट चितवनको १६औ नियमित वार्षिक साधारणसभा तथा वर्ष २०८२/८३को
देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै !
देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै ! देवघाट भाद्र २ पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन स्थानीयवासी
नेपाल मै पहिलो पटक लक्षचण्डी विराट महायज्ञ २०८३ को आयोजना हुने !
नेपाल मै पहिलो पटक लक्षचण्डी विराट महायज्ञ २०८३ को आयोजना हुने ! देवघाटधाम ,साउन ३० राष्ट्र शान्ति ,समृद्धि र अत्मकल्याण गर्ने उद्देश्यका साथ






प्रतिकृया दिनुहोस